• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

चिकित्सकमाथि दुर्व्यवहारपछि भेरी अस्पतालको ओपिडी बन्द, बिरामी मारमा

Nepalics
२०८३ बैशाख १६, बुधबार १३:४१
Advertisement

नेपालगञ्जस्थित भेरी अस्पताल मा चिकित्सकमाथि दुर्व्यवहार, हातपात तथा ज्यान मार्ने धम्की आएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा बन्द भएको छ। सेवा बन्द हुँदा उपचारका लागि टाढाटाढाबाट आएका बिरामीहरू समस्यामा परेका छन्।

अस्पतालका अनुसार, बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुर निवासी ६० वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै उपचारमा संलग्न चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेका थिए।

अस्पतालका प्रमुख डा. निराजन सुवेदीले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणपछि सुरक्षित वातावरण नभएसम्म ओपिडी सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो। उहाँका अनुसार बिरामीलाई बचाउन सबै प्रयास गरिए पनि दुःखद् रूपमा मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि भौतिक आक्रमण हुनु दुःखद् हो।

ओपिडी बन्द भएपछि बुधबार उपचारका लागि अस्पताल पुगेका बर्दियाको मैनापोखरका दीपक थापाले सेवा नपाउँदा आफूजस्तै धेरै बिरामी समस्यामा परेको गुनासो गर्नुभयो। डुडुवा–कम्दीका रमेश मौर्यले पनि सरकारी अस्पतालमा उपचार नपाएपछि निजी अस्पतालतर्फ जान बाध्य भएको बताउनुभयो।

अस्पताल परिसरमा भेला भएका बिरामीहरूले इमर्जेन्सी विभागअगाडि ओपिडी सेवा पुनः सञ्चालन गर्न माग गरेका थिए।

यसैबीच नेपाल चिकित्सक सङ्घ भेरी शाखाले घटनाको निन्दा गर्दै चिकित्सकमाथि आक्रमण गर्ने र धम्की दिने व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ। शाखाका अध्यक्ष डा. रूपानन्द अधिकारी र सचिव डा. प्रचण्ड गौतमद्वारा जारी विज्ञप्तिमा २४ घण्टाभित्र माग सम्बोधन नभए इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिइएको छ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सुरक्षित रूपमा काम गर्ने वातावरण आवश्यक रहेको बताउनुभयो।

मृतकका छोरा सुरेश विकले उपचारमा लापरबाही भएको आरोपसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएका छन्। यता अस्पताल प्रशासनले पनि चिकित्सकमाथि धम्की र हातपात गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको जनाएको छ।

घटनापछि सोमबारदेखि अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। समस्या समाधानका लागि बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेत अस्पताल पुगेका थिए। कानुनी प्रक्रियामार्फत विषय समाधान गर्ने सहमति बने पनि चिकित्सकमाथिको दुर्व्यवहारका कारण परिस्थिति थप जटिल बनेको अस्पतालको भनाइ छ।

मृतक महिलाको शव आफन्तले मङ्गलबार बुझेर अन्तिम संस्कार गरिसकेका छन्।

Post Views: 124

प्रकाशित: २०८३ बैशाख १६, बुधबार १३:४१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.