• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel FreePress FreedomOfExpression MediaFreedom ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth balen shah

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी

Nepalics
२०८२ पुष २५, शुक्रबार १५:४४

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको ‘नेसलन ट्रान्सफर एकाउन्ट’ प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग बढी रहेकाले जीवन चक्रीय अभाव ९लाइफ साइकल डेफिसिट० रहेको देखाएको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले यो प्रतिवेदनले मान्छेको व्यक्तिगत जीवनमा कुन–कुन उमेरमा आम्दानी र खर्चको अवस्था कस्तो छ भनेर बुझ्न मद्दत पुग्ने बताउनुभयो । सामाजिक सुरक्षाका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, औद्योगिकलगायतका नीति निर्माण तथा रोजगारी सिर्जनाका कार्यक्रम तयार पार्न यी तथ्याङ्क महत्वपूर्ण हुने उहाँले बताउनुभयो । “तथ्याङ्क भएन भने हामीले असल नीति बनाउन सक्दैनौँ । नेसनल ट्रान्सफर एकाउन्ट र गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदनले हामीलाई कस्ता नीति र योजना बनाउनु पर्छ भन्ने देखाउँछ,” उहाँले भन्नुभयो, “यस्ता तथ्याङ्क हामी आफैँले तयार पार्नुपर्छ । सरकारकै बजेटबाट अध्ययन गरेर विश्वसनीय तथ्याङ्क राख्ने र यसले नीतिगत सुधार तथा विकास योजना तयार गर्दा महत्वपूर्ण भूमिका खेल्छन् ।”

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी कमलप्रसाद पोख्रेलले नेसनल ट्रान्सफर एकाउन्ट प्रतिवेदन नेपालमा पहिलो पटक तयार पारिएको र यसले विभिन्न उमेर समूहका व्यक्तिको आय, उपभोग, बचत र स्रोतको हस्तान्तरण कसरी भइरहेको छ भनेर हेरिएको बताउनुभयो । गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन सङ्घीयता कार्यान्वयनपछि पहिलोपटक तयार पारिएको हो । यो प्रतिवेदनले सङ्घ, प्रदेश र स्थानीय तहलाई गरिबी लक्षित योजना तथा कार्यक्रम बनाउन सहयोग पुग्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

नेसनल ट्रान्सफर एकाउन्ट प्रतिवेदनले व्यक्तिको जीवनचक्र खातालाई प्रतिव्यक्ति र कुल सङ्ख्याका आधारमा अध्ययन गरेको छ । “जनसङ्ख्याको उमेरगत वितरणलाई तीन समूह ९बालबालिका तथा युवा ०–२४ वर्ष, काम गर्ने उमेर समूह २५– ६४ वर्ष र वृद्ध जनसङ्ख्या ६५ वर्ष तथा सोभन्दा माथि० मा विभाजन गरी हेर्दा आर्थिक वर्ष २०७८र७९ मा जीवनचक्र घाटा सबैभन्दा कम २५–६४ वर्ष उमेर समूहमा देखिन्छ । यद्यपि यस समूहले पनि बचत पर्याप्त रूपमा गरेको देखिँदैन”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छभने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५– ६४ वर्षमा सबैभन्दा बढी र ०–२४ वर्षमा सबैभन्दा कम देखिएको छ ।

उमेरको विन्दुगत उपभोग र श्रमआम्दानीको अवस्था हेर्दा जन्मेदेखि २६ वर्ष उमेरसम्म श्रम आम्दानीभन्दा खर्च बढी देखिएको हुनाले जीवन चक्रीय अभाव देखिन्छ भने २७ वर्ष देखि ४६ वर्षको अवधिमा खर्चभन्दा आम्दानी बढी भएको हुनाले जीवन चक्रीय बचत रहेको देखिन्छ । त्यसैगरी ४७ वर्ष उमेरपछि श्रम आम्दानीभन्दा खर्च बढी भएकाले जीवन चक्रीय घाटा देखिन्छ ।

प्रतिवेदनअनुसार नेपालमा व्यक्तिको जीवनचक्रमा करिब २० वर्षको उमेर अवधिमा मात्र औसत रूपमा जीवनचक्र मुनाफा देखिन्छ । बाँकी उमेर अवधिमा जीवनचक्र घाटा देखिने भएकाले सो अवधिको उपभोग सम्पत्तिको पुनर्वितरणमार्फत वा पारिवारिक तथा सार्वजनिक हस्तान्तरणको माध्यमबाट पूरा गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक र निजी उपभोग अलग गरी हेर्दा प्रतिव्यक्ति निजी उपभोग सार्वजनिक उपभोगभन्दा निकै ठूलो देखिएको छ । स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति सार्वजनिक उपभोग योगदानमा निजी उपभोगभन्दा ९०२ एकाइले बढी छ ।

सन् २०२१र२२ मा प्रतिव्यक्ति कुल श्रम आम्दानी लगभग रु ८७ हजार ८१४ रहेको छ । कुल श्रम आम्दानीको लगभग ६९ प्रतिशत हिस्सा तलब तथा ज्यालाको छभने लगभग ३१ प्रतिशत हिस्सा स्वरोजगारबाट प्राप्त आम्दानीको रहेको छ । उमेर समूह अनुसार हेर्दा २५ देखि ६४ वर्ष उमेर समूहको तलब तथा ज्यालाबाट प्राप्त आम्दानीको हिस्सा ९७१५० सबैभन्दा ठूलो रहेको छ भने ६५ वर्ष र माथिका वृद्ध उमेर समूहमा यो हिस्सा सबैभन्दा कम ९३५५० रहेको छ ।

यसरी उपभोग र श्रम आम्दानीबीच तुलनात्मक रूपमा ठूलो अन्तर देखिन्छ । देशको कुल उपभोगभन्दा कुल श्रम आम्दानी कम भएकाले ठूलो जीवनचक्र घाटा रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल श्रमशक्ति सर्वेक्षण सन् २०१७र१८ ले नेपालको बेरोजगारी दर ११ दशमलव चार प्रतिशत देखाउनुले नेपालमा बेरोजगारीका कारण उपभोग र श्रम आयबीच ठूलो खाडल स्थापित भएको छ भन्ने आधार स्पष्ट हुन्छ । अर्थात्, यथोचित रोजगार उपलब्ध नभएको अवस्थामा न्यून तलब र स्वरोजगारको सीमित आम्दानीले गर्दा श्रम आम्दानी आवश्यक आधारभूत उपभोग पूरा गर्न पर्याप्त हुन सकेको छैन ।

“नेपालमा १५ देखि ६४ वर्षका काम गर्न सक्ने उमेर समूह कुल जनसङ्ख्याको ६५ प्रतिशत रहेको छ, जसले आर्थिक वृद्धिका लागि प्रशस्त सम्भावना देखाउँछ । तर यसको प्रभावकारी उपयोगका लागि रणनीतिक नीति हस्तक्षेप आवश्यक छ”, प्रतिवेदनमा भनिएको छ, “श्रम बजारमा श्रम सहभागिता दर ३८ दशमलव पाँच प्रतिशत मात्र छभने युवा बेरोजगारी १२ दशमलव सात प्रतिशत रहेको छ । बेरोजगारीको यो अवस्थाले नेपालमा सीप विकास र रोजगारी सिर्जना कार्यक्रमको अविलम्ब अभिवृद्धि गर्नुपर्ने आवश्यकता प्रस्तुत गर्दछ ।”

प्रतिवेदनअनुसार देशको कुल उपभोगभन्दा श्रम आम्दानी निकै कम छ । काम गर्ने उमेर समूहको हिस्सा बढी भए तापनि सीमित रोजगारी र सीप असमानताले युवा बेरोजगारी बढाइरहेको छ । साथै काम गर्ने उमेर समूहको उल्लेखनीय हिस्सा वैदेशिक रोजगारमा रहेका कारण देशभित्रको आर्थिक क्रियाकलाप अपेक्षित रूपमा फस्टाउन सकेका छैनन् ।

 

Post Views: 70

प्रकाशित: २०८२ पुष २५, शुक्रबार १५:४४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल
राजसंस्था पुनर्स्थापनाको एजेन्डामा धवलशम्शेर–प्रसाईँ सहकार्य, नयाँ राजनीतिक शक्तिको संकेत
क्युवामाथि अमेरिकी नयाँ प्रतिबन्ध
ताजा अपडेट
  • १. युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

  • २. राजसंस्था पुनर्स्थापनाको एजेन्डामा धवलशम्शेर–प्रसाईँ सहकार्य, नयाँ राजनीतिक शक्तिको संकेत

  • ३. क्युवामाथि अमेरिकी नयाँ प्रतिबन्ध

  • ४. कांग्रेसको क्रियाशील सदस्यता नवीकरण जेठ २८ सम्म म्याद थप

  • ५. युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता गर्न पुटिनलाई जेलेनस्कीको आह्वान

चर्चित
  • १. युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

  • २. ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’

  • ३. क्युवामाथि अमेरिकी नयाँ प्रतिबन्ध

  • ४. बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

  • ५. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.