• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

विश्व प्रेस स्वतन्त्रता दिवस: स्वतन्त्र आवाजमाथि बढ्दो दबाब

Nepalics
२०८३ बैशाख २०, आईतवार १०:०६
Advertisement

काठमाडौँ । नेपालमा प्रेस स्वतन्त्रतामाथि दबाब र आक्रमण उल्लेखनीय रूपमा बढेको तथ्यांक आएको छ ।

फ्रिडम फोरमले सन् २०२५ को मे १ देखि २०२६ को अप्रिल ३० सम्मको वार्षिक प्रतिवेदनमा ९७ वटा उल्लंघनका घटना अभिलेख गरेको छ ।

एक वर्षमा १४५ सञ्चारकर्मी, २२ महिला, १२३ पुरुष र २० सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन्। प्रतिवेदनले धम्की, आक्रमण र अवरोधलाई मुख्य चुनौतीका रूपमा देखाएको छ । ज्यान मार्ने चेतावनीसहितका २८ धम्की, २१ आक्रमण, १८ अवरोध तथा तोडफोड, ८ आगजनी, ५ मुद्दा र ४ पक्राउका घटना भएका छन्। प्रभावितमध्ये ३७ पत्रकारले धम्की भोग्दा ३० जना आक्रमणमा परेका छन् । ८ जनामाथि मुद्दा दायर भएको छ भने ६ जना पक्राउ परेका छन्।

गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पत्रकारहरू सबैभन्दा बढी निशानामा परेका छन् । भदौ २३ र २४ मा मात्रै २२ जना पत्रकारमाथि आक्रमण भयो । जसमा ४ जना गोली लागेर गम्भीर घाइते भए। त्यही क्रममा ६ सञ्चारगृहमा आगजनी, १० मा तोडफोड, १२ टेलिभिजन प्रसारण अवरुद्ध र ३८ सञ्चारकर्मीका सवारी तथा उपकरण नष्ट भएका छन् ।

प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी ४० घटना भएका छन् । जसमध्ये ३३ घटना काठमाडौँ केन्द्रित छन्। काठमाडौंमा मात्र ६१ सञ्चारकर्मी प्रभावित भएका छन्। मधेशमा २१, गण्डकीमा १०, सुदूरपश्चिममा ७, कोशीमा ६ र कर्णालीमा ३ जना प्रभावित भएका छन्।

आधाभन्दा बढी, ७२, प्रभावित पत्रकार अनलाइन मिडियामा आबद्ध छन्। टेलिभिजनका २१, रेडियोका १८ र प्रिन्टका १२ पत्रकार पनि प्रभावित भएका छन्।

दबाबका स्रोतमा राजनीतिक दल र तिनका कार्यकर्ता अग्रस्थानमा छन् । ४२ पत्रकार प्रभावित भएका छन्। सरकारी कर्मचारीबाट ३६, सुरक्षा निकायबाट २३ र व्यवसायी तथा स्थानीयबाट २० घटनामा धम्की वा आक्रमण भएको छ। सरकारी गतिविधिका कारण ३५ पत्रकार र भ्रष्टाचारसम्बन्धी रिपोर्टिङमा ३१ पत्रकार सबैभन्दा जोखिमपूर्ण देखिएको छ। सामाजिक मुद्दामा २२, राजनीतिमा १४ र वातावरणमा १० पत्रकार प्रभावित भएका छन्।

प्रतिवेदनले कानुनी तथा नीतिगत सुधार ठप्प रहेको पनि उल्लेख गरेको छ। साथै, दण्डहीनता, ढिलो न्याय प्रक्रिया र विज्ञापन नीतिका कारण सञ्चारगृह आर्थिक संकटमा परेको उल्लेख छ। ५३०७ अनलाइन मिडिया दर्ता भए पनि दिगोपन चुनौतीपूर्ण छ । एआई प्रयोग बढे पनि सीप अभाव देखिएको छ।

फ्रिडम फोरमले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न समावेशी कानुन, तथ्य–जाँच प्रणाली सुदृढीकरण, पत्रकारको क्षमता विकास, निष्पक्ष विज्ञापन नीति, डिजिटल सुरक्षा व्यवस्थापन र दण्डहीनताको अन्त्यमा जोड दिएको छ। साथै, पत्रकारका लागि बीमा, मानसिक स्वास्थ्य सहयोग र प्रविधि–एआई सीप विकास आवश्यक रहेको औंल्याइएको छ।

प्रतिवेदनले संविधानअनुसार पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्न राज्य, सञ्चार क्षेत्र र समाजको साझा पहल अपरिहार्य भएको निष्कर्ष निकालेको छ।

 

Post Views: 106

  • DemocracyAndMedia
  • FreedomOfExpression
  • FreePress
  • IndependentMedia
  • JournalismMatters
  • MediaFreedom
  • NepalMedia
  • PressFreedom
  • PressFreedomNepal
  • ProtectJournalists
  • RightToInformation
  • SpeakTruth
  • StopAttacksOnPress
  • VoiceOfPeople
  • WorldPressFreedomDay
प्रकाशित: २०८३ बैशाख २०, आईतवार १०:०६
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय
सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण
ताजा अपडेट
  • १. ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

  • २. सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

चर्चित
  • १. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • २. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ३. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.