• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

सिद्धार्थ हस्पिटालिटीका सीईओ न्यौपाने ‘शिलापत्र वर्ष सीईओ २०८२’ बाट सम्मानित

Nepalics
२०८३ बैशाख १७, बिहीबार १४:४६
Advertisement

सिद्धार्थ हस्पिटालिटी ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपाने ‘द गभर्नर शिलापत्र वर्ष सीईओ २०८२’ बाट सम्मानित भएका छन्।

शिलापत्रले वर्ष सीईओ चयनका लागि पाँच जनाको नाम मनोनयन गरेको थियो। अन्तिम प्रतिस्पर्धामा न्यौपानेसहित दिनेश थकाली, दीपप्रकाश पाण्डे, मनोज ज्ञवाली र राजनबाबु श्रेष्ठ रहेका थिए।

वर्ष सीईओ छनोटका लागि कुल ३६ हजार ४७ मत प्राप्त भएकोमा न्यौपानेले २६ हजार ५९७ मत अर्थात ७३.७८ प्रतिशत मतसहित उपाधि जितेका हुन्।

सम्मान ग्रहणपछि न्यौपानेले आफूका लागि यो उपलब्धि गौरवको विषय भएको बताएका छन्। उनले आफूलाई योग्य ठहर गर्दै सम्मानित गर्ने शिलापत्र समूह तथा मतदाताप्रति आभार व्यक्त गरे।

उनले भने, “यो केवल एउटा अवार्ड मात्र होइन, नेपाली ब्रान्डप्रति यहाँहरूको अटुट विश्वास र अपेक्षाको प्रतीक हो भन्ने मैले महसुस गरेको छु।”

सिद्धार्थ ग्रुपले देशका विभिन्न प्रमुख सहरमा पाँचतारे लक्जरी होटलदेखि डिलक्स होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा क्याफे सञ्चालन गर्दै आएको छ। समूहअन्तर्गत पाँचतारे स्तरमा सिद्धार्थ विलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव तथा तीनतारे स्तरमा सिद्धार्थ बुटिक ब्रान्डमार्फत विभिन्न होटल सञ्चालनमा छन्।

हाल समूहले देशभर ३० वटा आउटलेट विस्तार गरिसकेको छ भने प्रत्यक्ष रूपमा २,५०० भन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ।

न्यौपानेले शिलापत्रबाट प्राप्त सम्मानले आफूमा थप जिम्मेवारी बढाएको उल्लेख गर्दै नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई अझ प्रभावकारी बनाउन प्रेरित गरेको बताए।

उनले भने, “यो सम्मानले नेपालको पर्यटन र हस्पिटालिटी क्षेत्रलाई अझ उचाइमा पु¥याउन थप जिम्मेवारी दिएको छ। आगामी दिनमा अझ इमानदारी, समर्पण र नवीन सोचका साथ अघि बढ्ने प्रेरणा मिलेको छ।”

Post Views: 81

प्रकाशित: २०८३ बैशाख १७, बिहीबार १४:४६
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
सुनचाँदीको मूल्यमा गिरावट
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.