राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सिन्धुली–२ मा यातायात पूर्वाधार विज्ञ आशिष गजुरेललाई उम्मेदवार बनाएको छ । यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । रास्वपाबाट उम्मेदवार बनेस“गै उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् ।
गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास, र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन् । नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको अनुभव बोकेका उनलाई यातायात क्षेत्रको सुधार अभियान्ताका रुपमा चिनिन्छ ।
सिन्धुली–२ गजुरेलको गृहक्षेत्र समेत भएकाले स्थानीय समस्या, सम्भावना र आवश्यकताबारे उनी राम्रो जानकार छन ।
विकास र सुशासनलाई प्राथमिकतामा राख्दै संसदमा नया“ सोच र प्राविधिक दृष्टिकोण भित्र्र्याउने लक्ष्यका साथ रास्वपाले उनलाई उम्मेदवार बनाएको हो ।

