• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै

Nepalics
२०८२ चैत्र ११, बुधबार १८:२१
Advertisement

जनस्वास्थ्यको मुख्य समस्याका रुपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ । क्षयरोगको उपचारका लागि ‘डट्स’ कार्यक्रम (चिकित्सकको निगरानीमा औषधि खुवाउने विधि) प्रभावकारी देखिए पनि समुदायमा अपेक्षित रुपमा रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका क्षयकुष्ट निरीक्षक मनोज ओझाले लक्ष अनुसार रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशमा उपचार पद्धति राम्रो भयो, तर उपचारको दायरामा नआउनेको रोगकै कारण मृत्यु हुने गरेको अनुमान छ, प्रदेशभरि ४० प्रतिशत बिरामी अझै पनि उपचारमा आउन नसकेको अनुमान छ ।” लक्षण देखिने बिरामी स्वास्थ्य संस्थामा समयमै नआउने, सबै ठाउँमा पिसिआर(रोग पत्ता लगाउने जाँचको विधि)को पहुँच बढ्न नसक्नु, जाँच गर्नुपर्ने काममा फिल्ड तहमा कमी भइरहेको र लक्षण देखिएको बिरामी पनि उपचारमा ढिलो गरी आउनेजस्ता कारणले रोगीको सङ्ख्या बढेको देखिएको ओझाले बताउनुभयो । जनसङ्ख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । प्रदेशमा दर्ता भएकामध्ये ६५ वर्ष उमेरमाथिका मात्रै २६ प्रतिशत यो रोगका बिरामी छन् । सबैभन्दा बढी बिरामी कैलाली जिल्लामा छन्, । प्रतिलाख जनसङ्ख्याको हिसाबले यो रोगका बढी बिरामी कञ्चनपुरमा छन् । प्रदेशमा बर्सेनि क्षयरोगीको दर बढ्दै गएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ७७÷७८ मा दुई हजार आठ सय २६ जना, आव ७८÷७९ मा तीन हजार चार सय २४ जना, आव २०७९÷८० मा तीन हजार दुई सय १४ जना, आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार छ सय १८ जना रहेकोमा आव ८१÷८२ मा तीन हजार छ सय ४८ जना बिरामी पुगेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । चालु आवको माघ मसान्तसम्म प्रदेशमा एक हजार ८४० क्षयरोगीका बिरामी पुगेका छन् । यीमध्ये कैलालीमा ८१२ र कञ्चनपुरमा ५०४ बिरामी छन् । आव २०८१÷८२ को माघ मसान्तसम्ममा डोटीमा ७८, अछाममा ८३, बैतडीमा ८३, बझाङमा ५८, बाजुरामा ८१, डडेल्धुरामा ७२ र दार्चुलामा ६९ जना क्षयरोगका बिरामी पुगेका छन् । चालु आवमा प्रदेशका कूल बिरामीमध्ये ६५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । नेपालमा हुने क्षयरोगीमध्ये ७५ प्रतिशतभन्दा बढी फोक्सोको क्षयरोगले पीडित हुने गरेको अनुमान छ । ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिर्गौला, मष्तिष्कमा पनि क्षयरोगको सङ्क्रमण हुने गर्छ । सरकारले क्षयरोगको उपचार व्यवस्था निःशुल्क गरेको छ । सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना सरकारको छ । लामो समयदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकानको महसुस बढी भएमा नजिकैको स्वास्थचौकी गएर स्वास्थ्य परीक्षण गर्नुपर्ने सल्लाह स्वास्थ्यकर्मीको छ ।

Post Views: 68

प्रकाशित: २०८२ चैत्र ११, बुधबार १८:२१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
ताजा अपडेट
  • १. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • २. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ४. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

  • ५. बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ५. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.