• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

को हुन् नवनियुक्त गर्भनर पौडेल ?

नेपाल विकास
२०८२ जेष्ठ ७, बुधबार ००:३६
Advertisement

काठमाडौँ । राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका पौडेलको जन्म २०३२ सालमा चितवनको रत्ननगर, शान्ति चोकमा भएको हो । आफ्नो बाल्यकाल र स्कुले शिक्षा चितवनकै टाँडीस्थित नेपाल माध्यमिक विद्यालयबाट पूरा गरेका उनले काठमाडौंको अमृत साइन्स क्याम्पस ,अस्कलबाट उच्च माध्यमिक शिक्षा आइ.एस.सी. पूरा गरेका हुन् ।

चीनबाट इन्जिनियरिङ गरेका पौडेलले अमेरिकाको बर्कलीस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एग्रिकल्चरल एन्ड रिसोर्स इकोनोमिक्समा विद्यावारिधि गरेका छन्।  पौडेल इतिहास र अर्थशास्त्रबारे विशेष ज्ञान राख्नु हुन्छ ।

पिएचडी गरेर फर्किएका पौडेलले काठमाडौं विश्वविद्यालयमा प्राध्यापन सुरू गरे । वि.सं. २०७२ सालको भूकम्पपछि उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीमा अर्थशास्त्रीका रूपमा काम गरे । उनले नेपाल उद्योग परिसंघ सि.एन.आई. मा थिंकट्यांक स्थापना गरी प्रमुख आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । त्यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओमा पनि उनले सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए ।

गर्भनर पौडेल नेपाल इकोनोमिक्स ओलम्पियाडको अध्यक्षका साथै सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सञ्चालक समिति सदस्य पनि भएका थिए । युलेन्स स्कुलको बोर्डमा अभिभावक प्रतिनिधिको भूमिका समेत निर्वाह गरेका छन् ।

वि.सं. २०७८ सालमा, शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए । हाल उनी काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।

डा. पौडेल चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट गत ०७९ को चुनावमा नेपाली कांग्रेसको उम्मेवार बनेका थिए । काँग्रेसले चितवन १ मा हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद रहेका पूर्व कांग्रेस निकट अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट नदिएर पौडेललाई अगाडि सारेको थियो। डा. पौडेल चुनावमा रास्वपाका नव नेता हरि ढकालसँग पराजित भएका थिए ।

चुनाव हारेपछि डा पौडेल पुनः जनता संग जोडिएर काम गर्ने इच्छा पार्टीमा व्यक्त गरेपनि तत्कालका लागि त्यस्तो परिस्थिति नबनेपछि उनले काठमाडौं विश्वविद्यालमा प्राध्यापन सुरु गरेका हुन् । पौडेलले माईक्रोफाईनान्सदेखि श्रम र सामाजिक अर्थशास्त्र र वातावरण र जलस्रोतजस्ता विषयमा अनुसन्धानपत्रहरु प्रकाशित गरेका छन् ।

Post Views: 297

  • biswo poudel
  • nepalbikash
प्रकाशित: २०८२ जेष्ठ ७, बुधबार ००:३६
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय
सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण
ताजा अपडेट
  • १. ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

  • २. सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

चर्चित
  • १. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • २. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ३. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.