• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

रेडपाण्डा संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री पराजुली

Nepalics
२०८२ चैत्र २०, शुक्रबार २२:११
Advertisement

इलाम। कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले रेडपाण्डा संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वयात्मक रणनीति आवश्यक रहेको बताएका छन्।

इलामको सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा आयोजित ‘तेस्रो रेड पाण्डा महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले रेडपाण्डा पाइने क्षेत्रमा चोरी–निकासी रोक्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।

उनले रेडपाण्डाको वासस्थान, आहारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

‘रेडपाण्डा जहाँ देखिन्छ, त्यहाँ राज्यले चोरी निकासी हुन नदिन रणनीतिक रुपमा तीनै तहको सरकार लाग्नुपर्छ, यसको वासस्थानदेखि लिएर आहारलाई पनि हामीले संरक्षण गर्नुपर्छ, ९० प्रतिशत चाँही रेडपाण्डाले बाँस खाने गर्दछ, यसको क्षेत्र र बाँच्ने आधारहरुलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा छुट्टै कार्यक्रम गर्ने कुरामा ध्यान दिनुपर्छ।’ मन्त्री पराजुलीले सम्बोधनका क्रममा भने।

उनले रेडपाण्डाले मुख्यतः बाँस खाने भएकाले यसको आहारको स्रोत संरक्षण गर्न पनि उत्तिकै आवश्यक रहेको बताए।

मन्त्री पराजुलीले रेड पाण्डाको संख्या वृद्धि गर्न कोशी प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए। उनले दीर्घकालीन संरक्षणका लागि स्पष्ट रणनीति तयार गरी प्रभावकारी कार्यान्वयनमा केन्द्र सरकारले समेत जोड दिनुपर्ने बताए।

उनले भने, ‘रेडपाण्डाको संख्या बढाउन जरुरी छ, संख्या बढाउन कोशी प्रदेश सरकारले बजेट समेत छुट्याएको छ, विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डाको संख्या बढाउनको लागि केन्द्र सरकारले समेत आवश्यक रणनीति बनाउन जरुरी छ।’

सन्दकपुर गाउँपालिकाको आयोजनामा सुरु महोत्सव चैत २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ। दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने तथा स्थानीय पर्यापर्यटनलाई जोड्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको सन्दकपुर गाउपालिकाका अध्यक्ष तुलाराम गुरुङले जानकारी दिए।

आयोजक समितिका संयोजक तथा सन्दकपुर २ का वडा अध्यक्ष सनम राईले २०८० सालदेखि रेडपाण्डा महोत्सव आयोजना गरिएको बताए।

महोत्सव उद्घाटन कार्यक्रममा जिसस प्रमुख जय प्रकाश राई, केचना कंचनजंगा पर्यटन समितिका अध्यक्ष नरेन्द्र बुढाथोकी, भारतको सिक्किमका पर्यटनका क्षेत्रमा काम गर्दै आएकी अभियन्ता तथा कलाकार श्यामा श्रेष्ठसहित पर्यटन तथा वनसँग सरोकार राख्ने ब्यक्तित्वहरुले रेडपाण्डा संरक्षणर पर्यटनका बारे धारणा राखेका थिए।

Post Views: 50

प्रकाशित: २०८२ चैत्र २०, शुक्रबार २२:११
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
HONOR X7e मोवाईल नेपालमा सार्वजनिक
ताजा अपडेट
  • १. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • २. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

  • ३. HONOR X7e मोवाईल नेपालमा सार्वजनिक

  • ४. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • ५. ९ स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकको कृषि कर्जा योजना

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • ५. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.