HONOR ले ७,५००mAh क्षमताको ब्याट्री र १२०Hz डिस्प्लेसहितको नयाँ स्मार्टफोन HONOR X7e नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार HONOR X7e मा ६.६१ इन्चको १२०Hz डिस्प्ले, ५० मेगापिक्सेल AI Ultra-Clear मुख्य क्यामेरा, ६GB RAM र २५६GB स्टोरेज उपलब्ध छ । फोनमा ४५W फास्ट चार्जिङ सुविधा समेत दिइएको छ ।
लामो समयसम्म प्रयोग गर्न सकिने ब्याट्रीलाई फोनको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै, ५०MP मुख्य क्यामेराले दैनिक फोटोग्राफीका लागि स्पष्ट र विस्तृत तस्बिर खिच्न सहयोग गर्ने कम्पनीको दाबी छ ।
HONOR X7e Sunrise Orange र Midnight Black गरी दुई रङमा उपलब्ध हुनेछ ।
कम्पनीले फोनको सार्वजनिक अवसरमा सीमित अवधिका लागि विशेष अफरसमेत ल्याएको छ । सेप्टेम्बर १५, २०२६ सम्म HONOR X7e खरिद गर्ने ग्राहकले HONOR X7e Active Earbuds निःशुल्क प्राप्त गर्नेछन् ।
६GB RAM र २५६GB स्टोरेज भएको HONOR X7e को नेपाली बजार मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन नेपालभरका अधिकृत HONOR स्टोरबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

