• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना दोषी, ७ जनाले पाए सफाइ

Nepalics
२०८३ असार ३२, बिहीबार ०१:२०
Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले तीन वर्षपछि फैसला सुनाएको छ। अदालतले ३० प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर गर्दै ७ जनालाई सफाइ दिएको छ। फरार रहेका ७ जनाको मुद्दा भने हाललाई मुलतबीमा राखिएको छ।

दोषी ठहर भएका सात जना अहिले पनि कारागारमा छन्। उनीहरूमध्ये पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राई, सागर राई, सन्देश शर्मा, केशव दुलाल र सानु भण्डारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ। उनीहरूले पुनरावेदन गरे पनि तत्काल कारागारबाट छुट पाउने छैनन्।

प्रतिवादी प्रतिक थापाले भने सफाइ पाएका छन्। बेचन झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिए पनि उनले तोकिएकोभन्दा बढी समय जेलमा बिताइसकेकाले रिहा भएका छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टेकनाथ रिजाल, गोविन्द चौधरी, आङटावा शेर्पालगायत अन्य दोषी ठहर भएका प्रतिवादी भने हाल थुनाबाहिर छन्। कानुनी व्यवस्थाअनुसार उनीहरूले उच्च अदालतमा पुनरावेदन गर्दा तत्काल जेल जानुपर्ने छैन। अब जिल्ला अदालतको फैसलाको पूर्णपाठ आएपछि दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्।

 

Post Views: 24

प्रकाशित: २०८३ असार ३२, बिहीबार ०१:२०
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय
सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण
ताजा अपडेट
  • १. ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

  • २. सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

चर्चित
  • १. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • २. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.