• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट

Nepalics
२०८३ जेष्ठ १५, शुक्रबार १८:२४
Advertisement

सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो । पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २० दशमलव तीन प्रतिशत विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड अर्थात् कुल विनियोजनको १९ दशमलव नौ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आवको संशोधित अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी हो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यवस्थापन गर्न राजस्वबाट रु १४ खर्ब पाँच अर्ब ३१ करोड तथा वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड प्राप्त हुने अनुमान गरिएको छ । यसबाट अपुग हुने रु छ खर्ब ५७ अर्ब २९ करोडमध्ये विदेशी ऋणबाट रु दुई खर्ब ४७ अर्ब २८ करोड परिचालन गरिनेछ । राजस्व तथा वैदेशिक सहायता परिचालनबाट अपुग हुने रु चार खर्ब १० अर्ब आन्तरिक ऋणमार्फत व्यवस्थापन गरिनेछ ।

आगामी आव रु दुई खर्ब ४५ अर्ब ८९ करोड आन्तरिक ऋणको साँवा भुक्तानी हुने भएकाले खुद रु एक खर्ब ६४ अर्ब ११ करोड मात्र आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ । वित्तीय हस्तान्तरणसम्बन्धी व्यवस्थाअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार आगामी आव प्रदेश सरकारका लागि रु ६१ अर्ब ५० करोड तथा स्थानीय तहका लागि रु ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराइनेछ । प्रदेश तथा स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयनका लागि क्रमशः रु चार अर्ब ६० करोड तथा रु ८ अर्ब ९३ करोड समपूरक अनुदान उपलब्ध गराइनेछ । प्रदेश तथा स्थानीय तहका लागि क्रमशः रु तीन अर्ब ८२ करोड तथा रु नौ अर्ब ४० करोड विशेष अनुदान विनियोजन गरिएको छ ।

सङ्घीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहमा क्रमशः रु ४९ अर्ब ७२ करोड तथा रु दुई खर्ब छ अर्ब आठ करोड सशर्त अनुदान वितरण गरिनेछ । प्रदेश तथा स्थानीय तहलाई राजस्व बाँडफाँटबाट कुल रु एक खर्ब ७५ अर्ब हस्तान्तरण हुने अनुमान गरिएको छ । आगामी आव राजस्व बाँडफाँट, रोयल्टी तथा वित्तीय हस्तान्तरणमार्फत प्रदेश तथा स्थानीय तहमा रु छ खर्बभन्दा बढी स्रोत परिचालन हुने प्रक्षेपण गरिएको छ ।

बजेटको पूर्णपाठ यस लिंकमा हेर्न सकिन्छ । https://mof.gov.np/content/1741/budget-statement-for-the-financial-year-2083-84/

Post Views: 160

प्रकाशित: २०८३ जेष्ठ १५, शुक्रबार १८:२४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ३. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.