• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

‘ग्रे लिस्ट’को दबाबपछि सरकार सक्रिय : भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दामा जफत प्रक्रिया तीव्र

Nepalics
२०८३ जेष्ठ १३, बुधबार ०७:३६
Advertisement

काठमाडौं । नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने दबाब बढ्दै गएपछि सरकारले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी मुद्दाको फैसला कार्यान्वयनलाई तीव्र बनाएको छ । पाँच वर्षअघि गृह मन्त्रालयअन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो ।

विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका दुई हजार ७९७ मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन सुरु गरेको जनाएको छ । सर्वोच्च अदालतबाट भ्रष्टाचारसम्बन्धी दुई हजार ५७० र सम्पत्ति शुद्धीकरणलगायतका १२८ मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी ९७ मुद्दाको अध्ययन भइरहेको छ ।

विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै डेढ दशकअघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ । ती फैसला कार्यान्वयन भए एक सयभन्दा बढी व्यक्तिको घरजग्गा, बैंक खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उनले बताए ।

पहिलो चरणमा विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड दिएको छ । सर्वोच्च अदालतबाट दोषी ठहर भएका दाबाटासी लामा, ओमप्रकाश कुसवाह, वाल्मीकिकुमार सोनार, विजयकुमार कुसवाह, माधवकुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्रीपूजन राम, सुनील अग्रवाल, शिवकुमार महतो, नन्दकुमार पटेल, विक्रम कुमार, विशाल बर्मा, गुड्डुकुमार र रविशकुमार पाठकलगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

त्यस्तै, कर छलीसम्बन्धी करिब ६ सय मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ । राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्नेबारे विवरण संकलन भइरहेको छ ।

न्यून जनशक्ति, ठूलो जिम्मेवारी

विभागमा हाल एक सहसचिव, दुई उपसचिव र चार अधिकृत मात्रै कार्यरत छन् । सीमित जनशक्तिका कारण फैसला अध्ययनदेखि जफत प्रक्रिया कार्यान्वयनसम्म चुनौतीपूर्ण भए पनि सकेसम्म छिटो काम अघि बढाउने विभागको तयारी छ ।

यसैबीच विभागले हालै नयाँ डिजिटल सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । अनुसन्धान गर्ने निकाय, सरकारी वकिल कार्यालय र अदालतले कसुरजन्य सम्पत्तिको रोक्का, नियन्त्रण र जफतसम्बन्धी विवरण ‘रियल टाइम’मै प्रविष्ट गर्न मिल्ने प्रणाली लागू गरिएको हो ।

‘ग्रे लिस्ट’बाट बाहिरिन दबाब

नेपाल ‘ग्रे लिस्ट’मा परेपछि अन्तर्राष्ट्रिय रूपमा वित्तीय विश्वसनीयतामाथि प्रश्न उठ्दै आएको छ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीजस्ता उच्च जोखिमका अपराधको प्रभावकारी अनुसन्धान र फैसला कार्यान्वयन कमजोर भएकाले नेपालमाथि निगरानी बढेको हो ।

गत साता नेपाल भ्रमणमा आएको एसिया प्यासिफिक ग्रुप (एपिजी)को टोलीले पनि नेपालको प्रगतिप्रति असन्तुष्टि जनाउँदै थप सुधारको आवश्यकता औँल्याएको थियो । यही दबाबका कारण सरकारले जफत प्रक्रियालाई गति दिएको विभागका अधिकारीहरू बताउँछन् ।

चर्चित भ्रष्टाचार मुद्दाका सम्पत्ति जफत हुँदै

सरकारले अब विभिन्न चर्चित भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिको सम्पत्ति जफत प्रक्रिया अघि बढाएको छ ।

पूर्वइन्जिनियर मेघुप्रसाद जैसवालको बारास्थित घरजग्गा जफत प्रक्रिया सुरु भएको छ । सर्वोच्च अदालतले २०७९ चैतमा उनलाई तीन महिना कैद र ९१ लाख ७४ हजार रुपैयाँ बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो ।

अर्थ मन्त्रालयका पूर्वनासु निरञ्जनबाबु श्रेष्ठको कैलालीस्थित घरजग्गा पनि जफतको प्रक्रियामा छ । त्यस्तै, सिँचाइ आयोजनाका पूर्वप्रमुख विनयकुमार सिंह, पूर्वसहसचिव सावित्री राजभण्डारी, पूर्वनासु उमेश रेग्मीलगायतका मुद्दाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ ।

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष स्वर्गीय रामाज्ञा चतुर्वेदी, पूर्वकर्मचारी केशरजंग खड्का र पूर्वनासु केदारनाथ ढुंगानाको नाममा रहेका जग्गासमेत विभागले सरकारको नाममा ल्याइसकेको छ ।

गोविन्दराज जोशीको मुद्दामा अझै पूर्णपाठ छैन

कांग्रेस नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले फैसला गरेको करिब दुई वर्ष पुग्न लाग्दा पनि पूर्णपाठ तयार भएको छैन । सर्वोच्चले उनलाई नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

तर पूर्णपाठ सार्वजनिक नभएकाले कुन सम्पत्ति जफत हुने भन्ने टुंगो लाग्न सकेको छैन । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मुद्दा जटिल र अध्ययन धेरै गर्नुपर्ने भएकाले पूर्णपाठमा ढिलाइ भएको बताएका छन् ।

Post Views: 47

प्रकाशित: २०८३ जेष्ठ १३, बुधबार ०७:३६
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.