• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

कांग्रेसले प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्ने, नेकपासँग नयाँ समीकरणको तयारी

Nepalics
२०८३ असार ३२, बिहीबार ०१:२५
Advertisement

नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। कांग्रेसले अब नेपाली कम्युनिस्ट पार्टी नेकपासँग नयाँ सत्ता समीकरणका लागि संवाद अघि बढाएको छ।
सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रदेशमा एमालेसँग सहकार्य कायम राख्न नसकिने निष्कर्ष निकालेको हो। कांग्रेसका अनुसार प्रदेश सरकार सञ्चालनका क्रममा देखिएका असहयोग र राजनीतिक मतभेदका कारण यस्तो निर्णय गरिएको हो।
निर्णयसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ भने सुदूरपश्चिममा मुख्यमन्त्री कमल शाहले एमालेका मन्त्रीलाई बर्खास्त गरेका छन्। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि एमालेसँगको सत्ता सहकार्य बिहीबारसम्म अन्त्य गर्ने तयारी कांग्रेसको छ।
यसैबीच, कांग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकार गठनबारे छलफल भएको छ। दुवै दलबीच सत्ता सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूले बताएका छन्।
यता, नेकपाले कांग्रेस र एमाले दुवैसँग संवाद भइरहेको जनाएको छ। एमालेले भने कांग्रेसले पार्टीलाई एक्ल्याउने रणनीति अपनाएकाले सत्ता सहकार्यमा समस्या आएको प्रतिक्रिया दिएको छ।

Post Views: 26

प्रकाशित: २०८३ असार ३२, बिहीबार ०१:२५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय
सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण
ताजा अपडेट
  • १. ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

  • २. सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

चर्चित
  • १. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • २. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ३. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.