• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

मनसुनभर हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

Nepalics
२०८३ जेष्ठ २८, बिहीबार ११:०५
Advertisement

बर्खायाममा उडान सुरक्षालाई थप सुदृढ बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभर सञ्चालन हुने हेलिकोप्टर उडानका लागि विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।

प्राधिकरण अन्तर्गतको उडान सुरक्षा मापदण्ड विभागले जारी गरेको मनसुन सर्कुलरअनुसार मेडिकल उद्धार (एयर एम्बुलेन्स) बाहेकका सबै हेलिकोप्टर उडानमा अब अनिवार्य रूपमा दुई जना पाइलट रहने व्यवस्था गरिएको छ।

प्राधिकरणले मनसुनका बेला मौसममा हुने तीव्र परिवर्तन, दृश्यता कम हुने अवस्था तथा आकस्मिक जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको छ।

सर्कुलरअनुसार उडानअघि पाइलट तथा डिस्प्याचरले हेलिकोप्टरको प्राविधिक अवस्था, न्यूनतम आवश्यक उपकरण (मिनिमम इक्विपमेन्ट लिस्ट) को उपलब्धता तथा कार्यक्षमता अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ। साथै, उडान मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसमसम्बन्धी सम्पूर्ण जानकारी लिएर मात्र उडान सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणले मनसुन अवधिमा उडान सुरक्षाप्रति कुनै पनि प्रकारको लापरबाही नगर्न सबै हेलिकोप्टर सेवा प्रदायक कम्पनी तथा सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको छ। यस व्यवस्थाले चुनौतीपूर्ण मौसमका बीच यात्रु तथा चालकदलको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Post Views: 50

प्रकाशित: २०८३ जेष्ठ २८, बिहीबार ११:०५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय
सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण
ताजा अपडेट
  • १. ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

  • २. सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

चर्चित
  • १. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • २. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. राजमार्गमा बाढी–पहिरोको मार

  • ५. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.