• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

Nepalics
२०८३ जेष्ठ २२, शुक्रबार १८:२४
Advertisement

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधि नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्रमुख आधार बन्न सक्ने बताउनुभएको छ।

कास्कीको पोखरामा सूचना प्रविधिमा आधारित कम्पनी ‘टेक पाईला’को उद्घाटन गर्दै मल्लले विश्व तीव्र गतिमा एआई केन्द्रित अर्थतन्त्रतर्फ अघि बढिरहेको अवस्थामा नेपालले पनि समयमै आवश्यक पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र नीतिगत सहयोगमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले नेपालसँग युवा जनशक्ति, प्रतिभा र सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै सही नीति र लगानीमार्फत सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

“यदि नेपालले एआई पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति र नीतिगत समर्थनमा पर्याप्त लगानी गर्न सक्यो भने एआई आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा डिजिटल नेपालको निर्माणको प्रमुख आधार बन्न सक्छ,” मल्लले भन्नुभयो, “एआई केवल प्रविधि मात्र होइन, भविष्यको अवसर हो।”

उहाँले  एआई कम्प्युट केन्द्र स्थापना गर्न सके विद्यार्थी, शिक्षक, एआई प्रशिक्षक, अनुसन्धानकर्ता तथा स्टार्टअप उद्यमीहरूलाई विश्वस्तरीय प्रविधि र स्रोतसाधनमा पहुँच उपलब्ध गराउन सकिने बताउनुभयो। यस्तो केन्द्रले नेपालमा एआई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो।

मल्लले आज एआई सिक्ने, प्रयोग गर्ने र नवप्रवर्तनमा सक्रिय हुने युवाहरूले नै भोलिको डिजिटल अर्थतन्त्रको नेतृत्व गर्ने उल्लेख गर्दै एआई शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले बढ्दो युवा विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै कक्षा १२ को अध्ययनपछि नेपाली युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। “कमाउँदै, रमाउँदै र सिक्दै आफ्नो करिअर निर्माण गर्ने वातावरण नेपालमै बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “युवाहरूलाई अध्ययनसँगै पार्टटाइम रोजगारी, डिजिटल सीप, इन्टर्नसिप र उद्यमशीलताका अवसर उपलब्ध गराउन सके विदेश पलायनको प्रवृत्ति उल्लेखनीय रूपमा घटाउन सकिन्छ।”

मल्लले सूचना प्रविधि उद्योग, शैक्षिक संस्था र निजी क्षेत्रबीच सहकार्य बढाएर युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो। उहाँका अनुसार नेपालमा प्रतिभाशाली युवाको अभाव छैन, तर अवसर र उपयुक्त वातावरणको कमीका कारण उनीहरू विदेशिन बाध्य भइरहेका छन्।

नेपालले एआई, डाटा विज्ञान, सफ्टवेयर विकास, डिजिटल सेवा र प्रविधिमूलक उद्यमशीलतामा केन्द्रित रणनीति अपनाउन सके निकट भविष्यमा दक्षिण एशियाकै महत्वपूर्ण डिजिटल गन्तव्यका रूपमा स्थापित हुन सक्ने मल्लको भनाइ थियो।

 

Post Views: 157

प्रकाशित: २०८३ जेष्ठ २२, शुक्रबार १८:२४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बाढीपीडितको पीडामा मलम लगाउँदैं युवा अभियान्ता बानियाँ
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
ताजा अपडेट
  • १. बाढीपीडितको पीडामा मलम लगाउँदैं युवा अभियान्ता बानियाँ

  • २. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • ३. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ४. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ५. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.