• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

मौद्रिक नीतिको प्रभावकारी कार्यन्वयन भए अर्थतन्त्र चलायमान हुन्छ : मल्ल

Nepalics
२०८३ असार २४, बुधबार १४:०७
Advertisement

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्नका लागि कार्यन्व्यनको पाटो प्रभावकारी हुनुपर्ने बताउनुभएको छ ।  आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीति समग्रमा सकारात्मक रहेको तर कार्यन्व्यन पाटो थप प्रभावकारी हुनुपर्ने मल्लको भनाई छ ।
राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति धारणा व्यक्त गर्दै निवर्तमान अध्यक्ष मल्लले  नीजि क्षेत्रको विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने व्यवस्था स्वागतयोग्य रहेको उल्लेख गर्नुभयो । यद्यपी निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय गर्ने लागत Cost Of Doing Business घटाउने, कर्जाको ब्याजदर तथा वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा सहज तथा प्रभावकारी कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस कदम आवश्यक रहेको मल्लको भनाइ छ ।
मल्लले स्टार्टअप तथा नवप्रवर्तनशील व्यवसायका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिँदै एकद्वार केवाईसी  प्रणाली कार्यान्वयन गरी बैंकिङ प्रक्रियालाई थप सरल, छरितो र डिजिटल बनाउन आग्रह गर्नुभयो । वित्तीय क्षेत्रले डिजिटल प्रविधिको प्रभावकारी कार्यन्वयन गर्न सके अनावश्यक कागजी प्रक्रिया र ढिलाइ हट्ने मल्ले बताउनुभयो ।
नेपाल निर्जिवन बीमा वयवसायी संघका अध्यक्ष समेत रहेका अध्यक्ष मल्लले मौद्रिक नीतिको वास्तविक सफलता यसको प्रभावकारी कार्यान्वयन मा निर्भर रहने उल्लेख  गर्नुभयो ।
अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीच सुदृढ समन्वय तथा सहकार्य अपरिहार्य रहेको मल्लले बताउनुभयो । नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न सके लगानी, उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिले अपेक्षित गति लिने उहाँको विश्वास छ ।

Post Views: 50

प्रकाशित: २०८३ असार २४, बुधबार १४:०७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय
सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
ताजा अपडेट
  • १. ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

  • २. सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

चर्चित
  • १. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • २. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ३. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.