• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

नेपाल–भारत डिजिटल कारोबारमा नबिलको फड्को

Nepalics
२०८३ जेष्ठ २४, आईतवार १९:२३
Advertisement

नेपाल र भारतबीच डिजिटल माध्यमबाट रकम आदान–प्रदानलाई सहज बनाउने उद्देश्यसहित नबिल बैंकले नयाँ सीमापार रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। सेवामार्फत दुवै देशका ग्राहकहरूले बैंकिङ एप प्रयोग गरेर छिटो र सुरक्षित रूपमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्।

नयाँ व्यवस्थाअनुसार नबिल बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ प्लेटफर्म ‘एनबैंक’ मार्फत नेपालबाट भारत तथा भारतबाट नेपाल रकम पठाउन सक्नेछन्। बैंकले यो सेवाले पारिवारिक सहायता, व्यक्तिगत भुक्तानी तथा साना वित्तीय कारोबारलाई थप सहज बनाउने जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली ले डिजिटल बैंकिङलाई अझ प्रभावकारी बनाउने अभियानअन्तर्गत यो सेवा सुरु गरिएको बताउँदै सीमापार कारोबारलाई छिटो, सुरक्षित र भरपर्दो बनाउने विश्वास व्यक्त गरे।

नेपालबाट भारततर्फ दैनिक १५ हजार भारतीय रुपैयाँसम्म तथा मासिक १ लाख भारतीय रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ। भारतबाट नेपाल रकम पठाउँदा भने दैनिक २ लाख भारतीय रुपैयाँसम्मको सीमा तोकिएको छ।

नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतको Unified Payments Interface (यूपीआई) बीचको सहकार्यमा सञ्चालनमा आएको यो सेवाले दुई देशबीचको डिजिटल वित्तीय सम्पर्कलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Post Views: 38

प्रकाशित: २०८३ जेष्ठ २४, आईतवार १९:२३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.