• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, तोकियो पारिश्रमिक

Nepalics
२०८३ जेष्ठ १२, मंगलवार ०९:३६
Advertisement

नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ ।

क्यानले महिलातर्फ २५ र पुरुषतर्फ ३८ खेलाडीलाई विभिन्न श्रेणीमा समेट्दै मासिक तलब तथा म्याच फी निर्धारण गरेको हो ।

क्यानले महिलातर्फ खेलाडीलाई चार समूहमा वर्गीकरण गर्दै मासिक २५ हजारदेखि ५५ हजार रुपैयाँसम्म पारिश्रमिक तोकेको छ । समूह ‘ए’मा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, रुविना क्षेत्री र सीता रानामगर छन् । सबैले प्रतिमहिना ५५ हजार रुपैयाँ पाउनेछन् ।

पुरुषतर्फ भने क्यानले पहिलोपटक ‘ए प्लस’ श्रेणी थपेको छ । यसमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् । सबैले मासिक एक लाख २० हजार रुपैयाँ पाउनेछन् । ‘ए’ श्रेणीका कुशल भुर्तेल, सोमपाल कामी, करण केसी र आसिफ सेख ले मासिक एक लाख रुपैयाँ पाउनेछन् ।

पुरुष खेलाडीले एकदिवसीय खेलमा प्रतिम्याच १५ हजार र टी–२० अन्तर्राष्ट्रियमा १० हजार रुपैयाँ म्याच फी पाउने व्यवस्था छ । महिलातर्फ टी–२० आई खेल्दा प्रतिखेल १० हजार रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।

क्यानका अनुसार यसपटक सबै श्रेणीका खेलाडीको मासिक पारिश्रमिक पाँच हजार रुपैयाँले बढाइएको छ भने डेभलपमेन्ट श्रेणीमार्फत नयाँ तथा सम्भावना बोकेका खेलाडीलाई पनि सम्झौतामा समेटिएको छ ।

Post Views: 47

प्रकाशित: २०८३ जेष्ठ १२, मंगलवार ०९:३६
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.