• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

सीमा विवादबारे संसदमा परराष्ट्रमन्त्रीले सम्वोधन गर्नुहुन्छ : सभापति लामिछाने

Nepalics
२०८३ जेष्ठ २५, सोमबार १४:३५
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सीमा सम्बन्धी विषयमा उठेका जिज्ञासाको जवाफ दिन आवश्यक परे परराष्ट्र मन्त्रीले संसदमै स्पष्ट धारणा राख्न सक्ने प्रस्ताव सर्वदलीय बैठकमा अघि सारेका छन्।

निर्वाचन सम्पन्न भएपछि पहिलो पटक लामिछानेको पहलमा सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा संसदको अवरोध अन्त्य गर्ने उपायबारे छलफल भएको थियो।

हाल प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले दिएको ‘नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको हुनसक्छ’ भन्ने अभिव्यक्तिलाई लिएर विवाद जारी छ। प्रतिपक्षी दलहरूले उक्त भनाइको आधार प्रस्तुत गर्न वा संसदको अभिलेखबाट हटाउन माग गर्दै आएका छन्।

बैठकमा श्रम संस्कृति पार्टीबाहेक प्रमुख प्रतिपक्षी दलहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा लामिछानेले संसदलाई नियमित सञ्चालनतर्फ फर्काउन सबै दलले साझा पहल गर्नुपर्नेमा जोड दिएका थिए।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयमार्फत सीमा सम्बन्धी विषयमा थप स्पष्टता दिन सकिने धारणा बैठकमा प्रस्तुत गरिएको थियो। आवश्यकता परे परराष्ट्र मन्त्रीले संसदमा नै यसबारे विस्तृत जानकारी दिन सक्ने विकल्प पनि छलफलमा आएको उनले बताए।

यद्यपि अन्य दलहरूले भने आ–आफ्नो पार्टीभित्र थप परामर्श गरी साझा निष्कर्षमा पुग्ने धारणा व्यक्त गरेका छन्। संसदमा देखिएको गतिरोध अन्त्यका लागि आगामी दिनमा थप संवाद र सहमतिको प्रयास जारी रहने संकेत बैठकबाट प्राप्त भएको छ।

Post Views: 15

प्रकाशित: २०८३ जेष्ठ २५, सोमबार १४:३५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.