• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

श्रीषा पाण्डेको ‘वायुदृष्टि’ राष्ट्रसंघद्वारा उत्कृष्ट विश्व नवप्रवर्तन घोषित

Nepalics
२०८३ जेष्ठ १३, बुधबार २१:५५
Advertisement

काठमाडौँ । नेपालको जलवायु–प्रविधि क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाली युवाहरूले विकास गरेको एआई–आधारित वातावरणीय सूचना प्लेटफर्म ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसङ्घको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ ।
संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला विभागले दिगो विकास लक्ष्यका लागि तयार पारेको प्रतिष्ठित ‘एसटिआई सोलुसन बुक २०२६’ मा वायुदृष्टिलाई समावेश गरिएको हो । विश्वभरबाट आएका ९०० भन्दा बढी डिजिटल तथा प्रविधिमा आधारित आवेदनहरूमध्ये कडा प्राविधिक परीक्षण र मूल्याङ्कन प्रक्रिया पार गर्दै वायुदृष्टि उत्कृष्ट ६० नवप्रवर्तनको सूचीमा पर्न सफल भएको हो ।
नेपालको बोट्स इन्डस्ट्रिज प्रालिद्वारा विकास गरिएको वायुदृष्टिले वायु प्रदूषणलाई सर्वसाधारणले सजिलै बुझ्न सक्ने बनाउने उद्देश्य राखेको छ । कम लागतका वायु गुणस्तर मापन उपकरण, भू–उपग्रह डाटा, जमिनमा आधारित सेन्सर तथा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता  विश्लेषणको प्रयोगमार्फत यसले वास्तविक समयमै वायु गुणस्तरसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ ।
यसका संस्थापक सक्रिय पाण्डे तथा सह संस्थापक श्रीषा पाण्डेले यो उपलब्धिलाई केवल कम्पनीको सफलता नभई समग्र नेपालको गौरवको विषय भएको बताएकी छिन् ।
सह संस्थापक श्रीषा पाण्डेले भनिन्, “वायुदृष्टि एउटा साधारण सोचबाट सुरु भएको यात्रा हो, जसको उद्देश्य अदृश्य वायु प्रदूषणलाई देखिने र मापनयोग्य बनाउनु थियो । संयुक्त राष्ट्र सङ्घबाट प्राप्त यो मान्यताले नेपाली युवाहरूले पनि विश्व स्तरका प्रविधि निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ । यसले हामीलाई अझ ठुलो जिम्मेवारी र ऊर्जा दिएको छ ।”
उनले नेपालका युवाहरूमा नवीन सोच र विश्व स्तरीय समाधान निर्माण गर्ने क्षमता रहेको उल्लेख गर्दै आगामी दिनमा वातावरणीय डाटा सबैको पहुँचमा पुर्‍याउने अभियानलाई अझ विस्तार गर्ने बताइन् ।
श्रीषा आगामी जुन ११ र १२ मा अमेरिकाको वासिङ्टन डिसीस्थित विश्व बैङ्क मुख्यालयमा आयोजना हुने प्रतिष्ठित ‘वल्ड बैङ्क ग्रुप यूथ समिट २०२६’ मा नेपालका तर्फबाट सहभागी हुँदै छिन् । सम्मेलनमा उनले नेपालका युवाहरूको नवप्रवर्तन, डिजिटल अवसर र दिगो विकाससम्बन्धी मुद्दालाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने जनाइएको छ ।
विश्व बैङ्क समूहद्वारा आयोजित यो सम्मेलन १७० भन्दा बढी देशका युवाहरूलाई जोड्ने विश्वकै ठुलो युवा प्लेटफर्ममध्ये एक मानिन्छ । वायुदृष्टिको यो अन्तर्राष्ट्रिय सफलताले नेपालजस्ता विकासोन्मुख देशबाट पनि विश्व स्तरीय प्रविधि र समाधान विकास हुन सक्ने सम्भावनालाई थप उजागर गरेको छ । वायु प्रदूषण, जलवायु परिवर्तन र सार्वजनिक स्वास्थ्यका चुनौती तीव्र बन्दै गएको वर्तमान अवस्थामा वायुदृष्टिले समुदाय, सरकार, विद्यालय, अनुसन्धानकर्ता तथा उद्योगहरूलाई सहज र भरपर्दो वातावरणीय जानकारी उपलब्ध गराउने लक्ष्य राखेको छ ।
वायुदृष्टि टोलीले जारी गरेको वक्तव्यमा भनिएको छ, “यो नेपालका लागि गर्वको क्षण हो । हामी नेपालबाटै विश्वका लागि उच्च प्रविधि निर्माण गर्ने यात्रामा छौँ । यो मान्यताले हाम्रो अभियानलाई अझ बलियो बनाएको छ ।”
टोलीले आगामी दिनमा नेपालभित्र र बाहिर वातावरणीय सूचना सञ्जाल विस्तार गर्दै स्वच्छ हावा, स्वस्थ समुदाय र दिगो भविष्य निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता समेत जनाएको छ ।
Post Views: 246

प्रकाशित: २०८३ जेष्ठ १३, बुधबार २१:५५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
HONOR X7e मोवाईल नेपालमा सार्वजनिक
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ३. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.