प्रतिनिधिसभाका विपक्षी सचेतकहरुले, प्रधानमन्त्रीको योग्यतामाथि प्रश्न उठाएका छन् । आज आकश्मिक समयमा बोल्दै, नेकपा सांसद युवराज दुलाल ।
एमाले सांसद ऐन महरले, संसदमा बोल्नुअघि आफुहरुसँग सिक्न आउन प्रधानमन्त्रीलाई सुझाब दिनुभएको छ ।
श्रम संस्कृतिका, आरेन राईले, सोधेको प्रश्नमा, प्रधानमन्त्री साहले दिएको जवाफ यतिबेला, विवादको निशानामा परेको छ । सांसद राईले, उचित जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई प्रश्न सोधेकोमा आफैंलाई शर्म लागेको बताउनुभएको छ।
सीमाको विषयमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै, काँग्रेस सांसद निश्कल राईले, बालेन्द्र साहलाई प्रधानमन्त्री पद भारी परेको टिप्पणी गर्नुभएको छ ।
